Thursday, September 9, 2010

कुण्ठा र मानविय ब्यावहार


वेदराज पौडेल
पश्चिमा मुलुकमा मात्र होइन अहिले हाम्रो समाजमा पनि ब्यस्तता बढ्दै गएको छ । ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रका मानिसहरुमा ब्यस्तता निकै बढेको छ । अहिलेको ब्यस्त जीवनमा समयको पछि दौडदा दौडदै मान्छेले आफ्ना कतिपय चाहनाहरुलाई बाध्यतावस भुलिरहेका छन् । चाहना हुदाहुदै पनि त्यो काम गर्न सक्दैन, कुनै बस्तु प्राप्त गर्न सक्दैन अनि कसैलाई समय दिन सक्दैन । दिनभरिको भागदौड र ब्यस्तता विच  धेरै सम्झौता गरिन्छन् । त्यहि सम्झौताले विस्तारै क्रुर र अब्यावहारिक बनाइरहेको हामीलाई पत्तै हुदैन । हामी चाडो रिसाउने र झर्कीन थाल्छौं । चिडचिडाउन थाल्छौं । तर किन यस्तो भइरहेको छ मलाई भन्ने बारेमा सोच्दैनौं । त्यहि रिसाहा र झर्कीने बानीले हामीलाई घर अफिस र सामाजबाट विस्तारै एक्लो पार्दै छ । ब्यस्तता र ब्यावहारिक कारणले पर सारिएका चाहनाबाट मानिस भित्र उत्पन्न हुने कुण्ठा र उस्को परिर्वतित ब्यावहारले आज मानिसलाई असामाजिक बनाउदै लगेको छ ।
    कुनै बस्तु वा चिजको चाहना भएपनि त्यसलाई स्वतन्त्रता पूर्वक प्राप्त गर्न वा उपयोग गर्न नसक्नु र त्यो इच्छा र चाहनालाई दबाएर राख्नु नै कुण्ठा हो । कुनै चिज प्राप्त गर्ने तिब्र इच्छा हुदाहुदै पनि प्राप्त भएन भने हामी चित्त बुझाउछौं । भैगो प्राप्त भएन न के भो र । अर्को पटक पाईएला । अथवा अन्य केही कुरा थपेर हामी तत्कालिन अवस्थाबाट चित्त बुझाउने अथवा उम्कने प्रयास गर्छौं । तर फ्याउरोले अंगुर नभेटेपछि अमिलो रहेछ भनेर चित्त बुझाए झै गर्छौं । तर हामी भित्र रहेको चाहना भने त्यतिकै मर्दैन त्यो कुण्ठाका रुपमा रहिरहन्छ । समय र परिवेश पाउना साथ त्यो कुण्ठा ब्यावहार उत्रन्छ । 
    कलेज पढ्ने छोरा अथवा छोरीको चाहेको कुरा तपाई नकिन्दिनोस । अनि उस्को ब्यावहारमा हेर्नोस । कलेज जाने बेलामा उस्को स्कूटर समयमा स्र्टार्ट भएन भने उस्ले हातले स्टेरिङमा हिर्काउछ या त लात्तीले नै हान्छ । पालेले हर्न बजाउने वित्तीकै गेट खोलेन भने पनि उ माथि सारा रिस पोखिदिन्छ । उ रिसाएको देखेर उस्लाई चिन्ने नजिकका ब्यक्तीहरुपनि उस्को ब्यावहारले छक्क पर्छन । घरमा श्रीमति संगको खटपट अथवा कुनै सुल्झन नसकेको विषय छ भने त्यो कार्यालयको कम्प्यूटरलाई पनि कतिले पोख्छन् । कम्प्यूटर किन ढिला खुलेको भनेर किवोर्ड बजार्छन् ।
    स्कूलमा विद्यार्थीले होमवर्क गरेको भएपनि कपि दोव्रिएको अथाव कपि मिलाएर नदिएको झोंक विद्यार्थीमाथि फेर्छन मिस म्याडमले । उनीहरुको त्यो आक्रोश तत्काल श्रृजना भएको नभई ब्वायफ्रेण्ड अथवा श्रीमान संगको  खटपट अथवा कुनै कुण्ठाको कारण त्यहा पोखिएको मात्र हो ।
    कुण्ठा भन्ने वित्तिकै हामी यौन कुण्ठालाई मात्र बुझ्छौं । तर कुण्ठा सबै कुरासंग जोडिएर आउछ । हाम्रो समाज सेक्सको सवालमा पश्चिमा समाज जति खुला छैन त्यहि भएर पनि हामी विच यौन कुण्ठा भएकाहरु बढी भेटिन्छन् ।  कुण्ठा चाहनासंग जोडिएको हुन्छ । रजनिश ओशोले प्राकृतिक कुरालाई रोक्नु वा अवरोध पुर्‍याउनुलाई कुण्ठा भनेका छन् । उनले झरनाको उदाहरण दिदै भनेका छन झरनाको प्रकृती नै माथिबाट तल र्झनु हो । यदि त्यसलाई रोक्ने हो भने केही समय त रोकिएला तर लामो समय रोकीने छैन । मूल प्रवाहबाट नबगेपनि झरना धेरै तिरबाट बग्न थाल्छ । किनकी झरनाको प्रकृती नै र्झनु हो त्यो रोकीदैन । एक ठाउँबाट रोकीएपनि दशठाउँबाट झरि रहन्छ ।
    तपाईको चाहना झरना हो । त्यसलाई रोक्नु भयो भने कुण्ठाको रुपमा त्यो दश ठाउँबाट र्झछ । अथवा तपाईको चाहना पुरा नभएको तपाई भित्रको कुण्ठा रिस र आवेश र चिडचिडाहटको रुपमा विभिन्न ठाउँमा प्रकट भइरहेको हुन्छ । चाहे त्यो संगै बसको सिटमा बसेको मानिससंग, तरकारी पसलेसंग, गेट पालेसंग, कार्यालयको पियनसंग जो सुकै संग पनि तपाईको कुण्ठा रिसको माध्यमबाट प्रकट भइरहन्छ । त्यसैले चाहनालाई रोक्ने भन्दा पनि प्राप्त गर्ने प्रयास गर्नु पर्दछ । चाहनालाई स्वच्छन्द रुपमा उपयोग गर्नु पर्छ । एउटा चाहना दबाउदा तपाई भित्र दशौं कुण्ठाहरु उत्पन्न हुन्छन् । ती दशौं कुण्ठाहरु विभिन्न रुपमा प्रकट हुदा समाज, कार्यालय अथवा परिवारमा तपाईको ब्याबहारले तपाई प्रति नकारात्मक दृष्टिकोण पैदा गर्छ । जुन कालान्तरमा तपाईका लागि निकै घातक सिद्ध हुन्छ ।
    सिग्मन्ड फ्रायाड आफ्नी पत्नी र बच्चाको साथमा भियनाको एक पार्कमा घुम्न गएका थिए । साँझ घर र्फकने बेलामा छोरा नदेखेपछि फ्रायाड पत्नी आत्तीइन । संगै रहेको छोरा एकाएक गायब भएपछि श्रीमति अत्तालिइन । फ्रायाडले पत्नीलाई सोधे'तिमीले यो पार्कमा उस्लाई कुनै ठाउँमा नजानु भनेकी थियौं ।' पत्नीले भनिन मैले उस्लाई पानीको फोहोरा भएको ठाउँमा नजानु भनेकी थिए । फ्रायाडले भने उसो भए उ ९९ प्रतिशत त्यहि फोहोरामा भेटिन्छ । उनीहरु फोहोरा भएको ठाउँमा गए छोरा त्यहि भेटियो । यदि उस्को फोहोरा हेर्ने चाहनालाई त्यहि रोकी दिएको भए अथवा उस्लाई हेर्नै नदिएको भए उभित्रको कुण्ठा आवेसको रुपमा प्रकट हुन्थ्यो । फ्रायाड पत्नीले उस्लाई फोहोरामा जान नदिएर कुनै खेलौना किनिदिएको भए उस्लो त्यो आवेशमा फ्याकीदिनसक्थ्यो अथवा फुर्टाईदिन्थ्यो । किनकी बच्चा भित्रको कुण्ठा तत्काल प्रकट हुने गर्छ ।  जनु कुरालाई निषेध गरिन्छ त्यसप्रति मान्छेको तिब्र आकर्षण हुन्छ । त्यसैले नजानु भनेको ठाउ“मा फ्रायाड पुत्र गएको हो । निषेधले आकर्षा संगसंगै विकृती समेत पैदा गर्छ । कुण्ठालाई उपचार्रगर्नु भन्दा कुण्ठा हुनसक्ने सम्भावनालाई नै बन्द गर्नु पर्छ । अथवा तपाई चाहनालाई मूर्त रुप दिने प्रयास गर्नोस । आफ्नो विचार खुला रुपमा प्रकट गर्नोस  गुम्साएर नराख्नोस । इच्छा र चाहनालाई तत्कालै नभएपनि केही समयपछि पुरा गरिहाल्नोस । मनलाई सन्तुष्ट पार्न योग गर्नोस । 
                   

Saturday, July 24, 2010

एक्लै समशानमा

कात्रोमा बेरिएर आफ्नै चितामा पल्टिएर आकास ताकिरहेको मान्छे ।
फगत समशानमा एक्लै छ, चिता सल्काउने चिन्तामा मौन छ उ ।

कसरी सल्किन्छ चिता ? सपनाहरु अवसान भएको बेला,
सम्बन्धका त्यान्द्राहरु चुडिएको बेला ।

थाहा छैन कस्को प्रतिक्षामा छ उ । फगत एक्लै चिता सल्किदैन ।
आफ्नै पार्थिव शरिर बोकेर, एक्लै मलामी गएको उ ।

चिता सल्काउने साइनोको खोजी गर्दैछ मनमा ।
आफ्नो भूल विना नै चुडिएका सम्बन्धहरुलाई केलाउछ ।

देवालयमा गरिएका भाकल र बाचाहरु विचको सत्यता जोख्छ ।
अंगालेर पीठमा छुरा घोप्नेहरु, फाईदाको पसल थापेर सम्बन्ध जोड्नेहरु ।
अनि पाईला सारेपछि अखेटा विर्षनेहरुको विचमा केबल एक्लै छ उ ।

समशानमा चिता सल्काउनेको खोजीमा कात्रो भित्र नै बर्रबराउछ उ ।
फगत एक्लै एक्लै अनि एक्लै ................

Tuesday, June 15, 2010

क्यान जस्तो जिन्दगी


एउटा क्यान जस्तै जिन्दगी
रित्तिए पछि मिल्काईने
एक जोडी अधरहरुको र्स्पर्शमा भाग्यमानी ठान्छ आफुलाई
अतृप्त प्यास बुझेपछि मिल्कीन्छु भन्ने हेक्का छैन । 
कहिले कसको गोडामा पर्छ
कहिले कसको लात्ती सहन्छ

ठुलो कारखानाबाट प्यास बुझाउने क्षमता बोकेर आएको उ ।
सवारी, डिपार्टमेन्ट हुदै घर, होटल र रेष्टुरामा सजिएर ।
कोमल हातहरुको र्स्पर्शमा रमाएको त्यो क्षण
केबल सम्झानामा मात्र छ मिठो अतित

अस्तित्व बचाउन हरदम प्रयास गरिरहन्छ ।
सडक किनारामा मिल्काईएको क्यान
फगत मुकदर्शक बनेको छ
हजार माईल यात्रा गर्ने सवारी कुल्चीएर अघि बढ्छन ।
अस्तित्वको झिनो आश लिएर,
मिल्कीएको छ विचारा क्यान ।
घाम पानी र हावाहुरी संग पौठा जोरी गर्दै,
अस्तित्व पाउँने झिनो आशमा
कसैको ब्यग्र प्रतिक्षामा छ,

एक बिहानी उषाको लाली संगै
अस्तित्वको पर्खाईमा थियो उ,
तर अफसोच ! एक हुल मानिसहरु आए
झाडु अनी कुचोले बडारेर
सड्कबाट उठाएर फोहोरको रासमा फ्यालीदिए उसलाई
बिचरा त्यो क्यान,
थाहा छैन कुन रिसाइक्लिन कम्पनीमा पुग्ने हो अथवा
डम्पीङ्ग साइडमा सदाका लागि बिर्सजित हुने हो
बिचरा त्यो क्यान ।
                                                     वेदराज पौडेल
                                                     विराटनगर

Wednesday, June 2, 2010

तिम्ले देखिनौं की

 गहभरी आँशु मेरा, रसाएको देखीनौकी,
 नयनभरि तिम्रै तस्वीर बसाएको देखीनौकी ।।

 मिलनका ती न्याना पल सम्झीएर 
 तप्प तप्प अस्रुदाना खसाएको देखीनौकी ।।

 थाहै नपाई मायाँ दियौ यसलाई साचे मैलेपनि
 तिम्रो मायाँ छाती भित्र सजाएको देखीनौकी ।।

 अनायसै आज किन विश्वासमा प्रश्न गर्यौ ।
 आफैं भन्दा बढी तिम्लाई कल्पीएको देखीनौंकी ।।

 तिम्ले छोडेको यो संसारमा बाँच्न सक्ने आधार छैन ।
 कठै मन मायाँ जालमा फसेको, तिम्ले देखीनौंकी ।।

Tuesday, May 25, 2010

केहीमै संग छन्

जिन्दगीका तिता मिठा बात केहीमै संग छन्
स्विकारेका नकारेका घात केहीमै संग छन् ।


कतिपय चाहना त लुकाईदियौ छिपाईदियौ
नदेखिने त्यस्ता केही मात मै संग छन् ।


निश्तब्ध त्यो गोघुलीमा काख माथि अंगालेर
तिमीले नै चुमीदिने हात केही मै संग छन् ।


जुनसंग लजाउँदै अधेरीमा साथ दिन्थ्यौ
तर अचेल अत्यास लाग्दा रात केही मै संग छन् ।


तिमी टाढीयौ जिन्दगीको हरीयाली हर्राईदियो
सुकी झरी गएका ती पात केही मै संग छन् ।

Sunday, May 23, 2010

पाए हुन्थ्यो

जीवनका ती पंतीहरु फेर्नपाए हुन्थ्यो ।
आँखाभरि सधै तिम्लाई हेर्नपाए हुन्थ्यो ।

मुटुभित्र तिम्रोलागि राजमहल सजाको छु ।
आलिंगनमा तिमीसितै छिर्न पाए हुन्थ्यो ।

तिम्रो अधरमेरा लागि अमृतको घडानै हो ।
जीवन भरि त्यसलाई पान गर्नपाए हुन्थ्यो ।

उन्मुक्त जवानीको छालहरु पहिल्याउदै ।
यौवनभित्र तिमीसंग'आसपास'खेल्नपाए हुन्थ्यो ।

श्रद्धाको फूल

बाँचुन्जेल त तिम्रो हुन सकिन,
मलामी त तिमी आउछ्यौ होला ।
आँखामा आँशु नभएपनि ठिकै छ ।
प्रेमको एक थुंगा फूल त चढाउछ्यौ होला ।

आखिर दोष के थियो मेरो
समयको खेल त रैछ सबै ।
चिताको खरानी उडेर छुदा तिमीलाई,
त्यतिबेला नजिक आएको सम्झीछ्यौ होला
एकोहोरो शंखको आवाज कर्कश नै सही,
तिमीले म बोलेको त सम्झन्छ्यौ होला ।

पत्रको उत्तरको अपेक्षा थिएन मलाई
तिम्रो एक नजरको भोको थिए म ।
तिम्रो कोमल हातले शोक पुस्तिका त कोर्छ्यौ होला ।
माला पहिर्‍याएको मेरो तस्बिर एक पटक त हेर्छ्यौ होला ।

Tuesday, May 18, 2010

मलाई थाहा थियो.......

मलाई थाहा थियो उनी मेरी होइनन पराया हुन ।
तर धड्कनले उनैलाई भगवान मानिदियो ।
मलाई थाहा थियो........

म पलपल खोजी रहे वर्षौ वर्षउनलाई ।
उनी थोपा थोपा आँशु बनेर झरि रहिन ।
तर धड्नकले.........

तिमी निरापराध छ्यौ, दोषी त मै हुँ ।
एकोहोरो प्रेम मैले गरे तिमीले वेवास्ता गर्‍यौं ।
तर धड्कनले......

झुटो आरोप......

कस्ले कस्लाई यहा राम्रो भन्ने,
मैले के सम्झे तिमीले के सम्झ्यौ ।
वैमान मैले तिमीलाई ठाँने, तिमीले मलाई सम्झीयौ ।
झुटो आरोप मलाई लागाउने नगर्नु,
कमजोर छ दिल यस्लाई दुखाउने नगर्नु ।

मेरो आँखामा आँशु राम्रो लाग्दैन भने
मलाई जलाउने नगर्नु, सताउने नगर्नु ।
कमजोर छ दिल यस्लाई दुखाउने नगर्नु ।
झुटो आरोप......

तिमी कसैको भाग्यमा छौ, मेरो होइन
यदि यो साँचो हो भने मलाई सुनाउने नगर्नु ।
कमोजर छ दिल यस्लाई दुखाउने नगर्नु ।
झुटो आरोप......

कि त दोष देखाइ देउ मेरो सपनाको
त्यसो होइन भने, सपना देखाउने नगर्नु ।
कमजोर छ दिल यस्लाई दुखाउने नगर्नु ।
झुटो आरोप......


अहिले आयौं, एक छिन बस्यौं फेरि हिड्यौं
केबल उपस्थिति जनाउन तिमी आउने नगर्नु ।
कमजोर छ दिल यस्लाई दुखाउने नगर्नु ।
झुटो आरोप......

मेरी नसिबि

आजकल दर्द भी दर्द जैसे नही लगता ।
दर्द देना हैतो ऐसे दर्द दो मुझे जो दर्द सा हो ।

चोट खानेकी आदत है मुझे,
ऐसे चोट दो मुझे जो चोट जैसे हो ।

सहते सहते चोट भी मुझे प्यारा लगने लगे है ।
खफा खफा जख्मभी मुझे प्यार कर्ने लगा है ।

लडखडाने, गिर्ने, सम्हल्ने दो मुझे
पथ्थर से टकराकर गिर्ने दो मुझे
क्यूंकी गिर्ना सम्हाल्ना टकरानाही मेरी नसिबि है ।

Tuesday, May 4, 2010

सृष्टि

म सृष्टिको सुन्दर संरचनालाई दोष दिन चाहन्न । किनकी सृष्टि जसले सबैलाई उत्तिकै स्नेह गर्छे र यस धर्तीमा त्यसको अस्थित्व निर्माण गरिदिन्छे । बस त्यहि एउटा सृष्टिको सहअस्थित्व म अहिले यस पृथ्वीको एउटा अत्यान्त सानो स्थान र भूमिकामा छु । थाहा छैन कुन दिन प्रकृतिलाई मेरो भूमिका मन पर्दैन त्यसपछि.......। हुन त मृत्यू स्वास्वत सत्य हो । अरु सब मिथ्य हुन । तर पनि मान्छे हरेक क्षण अहम भइदिन्छ । अनि प्रकृतिलाई नै चुनौति खडा गरिदिन्छ । त्यसबाट म पनि अछुत छैन । मान्छे हुनुको घमण्डले कहिलेकाहि मलाई पनि मेरो वास्तविकताबाट टाढा पुर्‍याइदिन्छ ।

Monday, May 3, 2010

लज्जा

मलाई पनि कसी हेर गरम हुन्छ केही ।
यस्तो बेला लज्जा अनि सरम हुन्छ केही ।।

आफ्नै सम्झ जुनेलीमा ढुङ्गे मुटु पगालौला ।
रात अझै ढल्नदेउ नरम हुन्छ केही ।।

धोका र तिरस्कारका भुक्तभोगी हामीलाई ।
बदनामी सुनामीको भरम हुन्छ केही ।।

सुस्त सुस्त गुनगुनाउ सके मैले सघाउला ।
पीडाहरू सिथीलता चरम हुन्छ केही ।।

लाख तारा झरी सके निदाउने कोसिस गर ।
मैले पनि सुम्सुम्याउछु आराम हुन्छ केही ।।

Monday, April 26, 2010

लेख्दिन भो

तिम्रो मन बिझाउन गजल अब लेख्दिन भो ।
तिम्रो आँखा भिजाउन गजल अब लेख्दिन भो ।

सुख, हाँसो अनि खुसी म संग छैनन अब ।
सधै पीडा सुनाउन गजल अब लेख्दिन भो ।

दोबाटोमा छुटि्टएर अलग अलग हुनु पर्ने ।
तिम्रो जीवन दुखाउन गजल अब लेख्दिन भो ।

बशन्तका कुरा छैनन सधै शिशिर के भनु म ।
मनको बह पोखाउन गजल अब लेख्दिन भो ।

Tuesday, March 30, 2010

तिम्रो मुस्कान

तिम्रो मुस्कान मेरोलागि स्वागतकोद्वार बन्छ ।
मनले सधै हृदयको संघार टेकौं भन्छ ।
बदामे ती नयनले, सारा बाधा छेकी दिन्छन् ।
अनायसै पाइलाले तिम्रो आगन टेकी दिन्छन् ।
गुलावी अधरको र्स्पर्शले, नशा त्यसै लागि दिन्छ ।
उदासी ती रातलाई तिम्रो साथले 'रेकी' दिन्छ ।
बिहानीको सिरेटोले माथ जब छोइदिन्छ ।
हठात उठ्छु म, विपनाले सपना मेटी दिन्छ ।

Wednesday, March 24, 2010

कोइरालाका सर्न्दर्भमा अप्रकाशित एउटा लेख


राजधानीको कोलाहल पूर्ण वातावरणबाट आरामका लागि अनौपचारिक रुपमा लुसुक्क विराटनगर आउनेप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको आगमन सवैका लागि चासोको विषय बन्ने गरेको छ। राजधानीबाटगृहनगर आएपछि हरेकपटक कोइरालाले मुलुकको राजनीतिमा ठुलै हलचल पैदा गर्ने अभिब्यक्ती दिने गरेका छन्।किन कोईराला विराटनगर पुगेपछि मात्रै कडा कुरा गर्छन्? कहिले गणतन्त्रको लागि राजाले आफैं बाटो खुलाएकोकुरा त, कहिले राजा र युवराजले गद्धि त्याग्ने कुरा। के छ निवासमा त्यस्तो चिज जस्ले उनलाई राजनैतिक बृत्तमातरंग ल्याउने अभिब्यक्ती दिन उत्प्रेरित गर्छ?

राजधानीमा रहने प्रधानमन्त्री प्रायः महिना दुई महिनामा गृहनगर आइपुग्छन्। पिताजी कृष्णप्रसादले करिब सयवर्षअघि बनाएको विराटनगर-९ स्थित घरमा आइपुग्दा गिरिजाप्रसाद जहिल्यै कडा कुरा गर्छन्। आखिर केपाउँछन् प्रधानमन्त्रीले आफ्नो घरमा? कस्तो होला प्रधानमन्त्रीको घर जस्ले उनलाई नयाँ कुरागर्न उत्साहितगरिरहन्छ। ८४ बर्षे उमेरमा पनि राष्ट्रलाई नयाँ दिशा दिन लागि परेका प्रधानमन्त्रीलाई घर आएपछि किन आफुतागतिलो छु भन्ने लाग्छ?इतिहासमा सवैभन्दा बढी शक्ति प्राप्त गर्ने प्रधानमन्त्री कोईरालाको निवास कस्तो होला? एकक्षण सोच्ने हो भने कल्पनामा ठुलो ‘दरवार’ झै महल, प्रवेश निषेध सहितको कडा सुरक्षा घेराको चित्र आउनसक्छ।Justify Full

कोशी अंचल अस्पतालको पश्चिमपट्टी रहेको निवास सिरिस, अमला र आँपका रुखले छेलेर सडकबाट ठम्याउनसजिलो छैन। गाई, गोरु र भैंसीको गोठ रहेको उही पुरानो घरनै अहिलेको प्रधानमन्त्री निवास हो। प्रजातान्त्रिकआन्दोलनको रेखांङ्कन होस् अथवा मुलुकमा आईपरेका समस्या सुल्झाउने उपायको खोजी यी सवै ऐतिहासिकघट्नाक्रमको एकमात्र साक्षीपनि हो निवास। काँग्रेसका पहिलो र दोश्रो पुस्ताका अधिकांश नेताहरुको वासस्थान, राजनैतिक प्रशिक्षण तथा योजनाको थलो पनि यहि नै थियो।

बारीमा सिजन अनुसारको तरकारीहरु देख्न पाईन्छ। बुइगलमा खोर्सानीका सुकेका सील र लसुनका झुत्ताझुण्डीरहेका छन्। गोबरले लिपीएको आँगन। नजिकै सानो फुलवारी। एउटा मध्यम वर्गीय परिवारको सामान्यघरबाहेक यहाँ कुनै जादुइ दुनिया देखिदैन। तर प्रधानमन्त्रीलाई आत्मबल बढाउने साधन तिनै हुन्। आफुले गोडेकोफुलवारी, आमाको पुरानो आलमारी, पिताजी र सान्दाजुले प्रयोग गर्ने सामान र आफुले पहिलो भाषण गर्नसिक्दाखेरीको पुरानो ठुलो ऐना। अनि आफ्नो बाल्य, युवा र प्रौढावस्था राजनीति र गैरराजनीतिक क्षेत्रकादौतरीहरुको जमघट। आगमनसँगै उल्लेख्य संख्यामा भेला हुने बग्रेल्ती कार्यकर्ता। प्रधानमन्त्रीलाई भित्रैदेखि उर्जादिने वस्तु यिनै हुन निवासमा वर्षौदेखि रहनेहरू भन्छन ‘उहाँ पुराना समानहरु देखेर उत्साहित बन्नुहुन्छ र पहिलेवितेका कुराहरु सम्झँदा उहाँमा ठुलो उर्जा प्राप्त हुने गर्छ‘। जसका कारण घर आएपछि उनी प्रत्येक पटक केही कडा, नौलो र धेरैपटक राजतैतिक बृत्तमा ठूलो बहसको विषय बन्ने अभिब्यक्ती दिने गर्छन्। कोइरालाको यो बानीको पुष्टिगर्छन् बाल सखा ‘मनोहरी बराल’। बाल्यकाल र राजनैतिक जीवनको लामो यात्राका कोइरालाका एकमात्र जीवीतसाथी हुन् उनी। जहिले पनि राजनीति र पार्टीको जिम्मेवारी बहन गर्न इमान्दार देखिने कोईरालाको आत्मबलअनौंठो किसिमको रहेको उनी स्मरण गर्छन। ६० बर्षलामो संगतमा कहिले पनि कोईराला समस्या पर्दानडगमगाएको स्मरण गर्छन् ‘मनोहरी’।

भाउजु नोना रहँदा सीधै आफ्नो कोठामा पुग्ने कोइरालाको पुरानो शैली फेरिएको छ। अहिले घर आउँदा कोइरालाभर्याङकै पश्चिमपट्टी रहेको भाउजूको कोठा पस्छन्। त्यहाँका सामान नियाल्छन्। त्यो सँगै जोडिएको पिताजी कैपालादेखीको पूजा कोठामा पस्छन्। त्यहाँ राखिएका सान्दाजु, मातापिता, लगायत दिवंगत परिवारका श्यामश्वेततस्बिरहरु हेर्छन्। करीब एक फिटका शिवजी र पार्वतीको कालो रंगका मूर्तिहरू हेर्छन्। गणेशलगायतकाभगवानका मूर्तिका अघिल्तिर एक छिन प्रार्थना गर्छन्। अनि बरण्डा ढाकेर बग्रेल्ती भेला भएका संचारकर्मी रकार्यकर्ताको भीड छिचोल्दै आफ्नो उत्तरपट्टिको कोठामा पस्छन्।

केही बेरमा निस्केर सञ्चारकर्मीसँगै बसेर चियाको चुस्की लगाउदै बोल्न थाल्छन्। बरण्डामा बसेर कार्यकर्ता रसंचारकर्मीसंग कुरा गर्ने यो शैली भने उनको मात्र होईन। बीपीकै पालादेखि यसले निरन्तरता पाउदै आएको हो।प्रधानमन्त्री निवास पस्न कसैलाई रोकतोक छैन। एक पटक संचारकर्मीसँग कुरा गरिरहँदा प्रधानमन्त्रीसँग पैसामाग्नलाई भिखारी बरण्डामै पुगेका थिए। भिखारीलाई प्रधानमन्त्रीका अघि देखेर सबै अचम्ममा परे। सुरक्षानिकायका प्रमुखले ड्यूटीमा रहेका कर्मचारीलाई बेस्कन हपारे तर प्रधानमन्त्रीले केही भनेनन्।

निवासका कामदारहरुका अनुसार प्रधानमन्त्री प्रायः एक्लै खाना खाँदैनन्। खाना खाने बेला धेरै जना भएकोउनलाई मन पर्छ। प्रायः बारीको सामान्य तरकारीसँगै खाना खान रुचाउने प्रधानमन्त्रीलाई मांशाहारी भोजनमनपर्छ। थोरै भात परेवाको मासुको झोल, नरिवलको पानी, साग र घ्यू खान मन पराउछन्। एक पटक खाना खानेबेलामा थोरै मानिस देखेर भाउजु नोनालाई उनले निवासमा मानिसहरु आउदैनन्? बाटोबाट भए पनि मान्छे बोलाउसँगै खाना खाउँ‘ भनेको प्रसङ्ग निवासमा स्मरणीय मानिन्छ। निवास एउटा प्रजातान्त्रिक इतिहासको सिंगोसंग्राहलय झैँ बनको छ। यसका भित्री कोठाहरुमा पिताजी, बीपीदेखि नोना र सुशिलासमेतले प्रयोग गरेकासामाग्रीहरु सजाईएका छन। कुनै परिवर्तन गरिएका छैनन्। यति सम्मकी माताजीले पुजा कोठाको ढोकामा पुरानोसिसीमा रोपेको ‘मनिप्लान्ट‘ पनि जीवितै छ। घरको यही पुरानो वातावरण अनि पुराना साथीभाईहरु सँगकोभेटघाट नै कोइरालालाई उर्जा दिने बस्तुहरू हुन्।

नोट-यो लेख दुइ वर्षअघि लेखिएको हो । कान्तिपुर दैनिकमा प्रेषित यो लेख कारणवस प्रकाशित हुन सकेन । आज गिरिजाबाबुको सम्झनामा यो लेख अर्पीत गरेको छु ।

Wednesday, March 10, 2010

कस्तो बाध्यता

उठ्नै नसक्ने चोट सहेर लडखडाउनु पर्ने कस्तो बाध्यता ।
थाम्नै नसक्ने पीडा सहेर मुस्कुराउनु पर्ने कस्तो बाध्यता ।

आलो चोट बोकेर मुटुमा तिम्रा लागि बाँच्नै पर्ने ।
आफैं हारि जितका लागि घस्रनै पर्ने कस्तो बाध्यता ।

आफ्नै चिता सल्काएर न्यानो पार्ने प्रयास मेरो ।
मलामीको लहरमा उभिएर हास्नु पर्ने कस्तो बाध्यता ।

आफ्नै अगाडी लुटिईरहे तिम्रा खुसी सजाउन ।
चीरहरण भएर आफु इज्जत बढाउनु पर्ने कस्तो बाध्यता ।

Friday, February 5, 2010

संसार जीत्नेहरुको हो

मनभित्र पीडा बोकी, हाँस्न सिक तिमी पनि ।
मुटुमाथि ढुंगा राखी, बाँच्न सिक तिमी पनि ।

हाँसोमा मात्र होइन जीवन, आँशुमा पनि खोज्ने गर ।
मिलन मात्र होइन विछोडमा, बाँच्न सिक तिमी पनि ।

साथ दिन्छु भन्नेहरु, एक्लै छाडि गएपनि ।
निश्वार्थ एक्लै जीएर, देखाईदेउ तिमी पनि ।

सहज छ मृत्यू, बाँचेर देखाउ तिमी पनि ।
संसार जीत्नेहरुको हो, जीतेर देखाउ तिमी पनि ।

Monday, February 1, 2010

तिम्रा दफाहरु

प्रेमका धारा र दफाहरु नाघे हुँला मैले
अनि तिम्रा अदालतका नजिरहरु कुल्चे हुँला मैले।।

त्यसैले तिम्रो सामुन्ने आत्मर्सपण गर्दै छु म
तिम्रो प्रेममा गरेको कसुरको सजाय भोग्न ।।

तिम्रो फैसलाको प्रतिक्षामा ब्यग्र छु म
तिम्रो एकल इजालसको कठघरामा उभिएको छु ।।
आफुभित्र जलेर बाँच्नु भन्दा
पुनरावेदन गर्न उपयुक्त ठाने मैले ।।

मलाई बहस गर्नु छैन, न त कुनै दफाको ब्याख्या नै गर्नु छ ।।
बस म त तिम्रा मायाँको कारागारमा आजन्म कैद हुन चाहुन्छु ।

Saturday, January 30, 2010

विवशता

प्रधानमन्त्रीलाई काठको पिर्का


प्रधानमन्त्रीलाई अग्ल्याउन पिर्का-होचो कदका प्रधानमन्त्री नेपाललाई अग्ल्याउन पिर्का राखिदिदै मनमोहन पोलिटेक्निकका कार्यकारी निर्देशक गोविन्द गजुरेल । पोडिएमले छेकेर प्रधानमन्त्रीको अनुहार नै नदेखिएपछि क्यामेरा पर्सनले आयोजकलाई गुनासो गरे । संचारकर्मीको गुनसो पछि प्रधानमन्त्रीलाई अग्ल्याउन त्यसो गरिएको थियो । सुरुमा प्रधानमन्त्रीले पर्दैन भनेपनि पछि पिर्कामा टेकेर अग्लिएका थिए । तस्बिर -वेदराज पौडेल

Tuesday, January 12, 2010

विराट एक्सपोको तयारी तिब्र,स्टल थपिए


कृषि, पर्यटन तथा औद्योगिक प्रर्दशन मेला 'विराट एक्सपो २०१०' का निर्धारित स्टल भन्दा बढीको माग भएपछि थपिएको छ । माघ ५ देखी ११ सम्म आयोजना हुने मेलामा एक सय ६० स्टल निर्धारण गरिएको थियो । तर सवारी साधन र उद्योगले स्टलको माग बढाएपछि १४ वटा स्टल थप गरिएको छ ।
मेलाको काउन्ट डाउन सुरु भएपछि स्टल बुकिङमा तिरब्रता आएको छ । मंगलबार उद्योगले ४ र भेइकलले १० वटा बढी स्टलको माग गरेपछि संख्या बढेको हो । अहिले सम्म १ सय ५५ वटा स्टल बुक भएका छन भने गार्मेन्ट, हस्तकला, फ्लोरिकल्चर, एजुकेशन र आइटीका १९ स्टलमात्र बुक हुन बाकी रहेका छन् । मेलाको दुइदिन अघि ५० किलोमिटर उत्तरमा रहेको पर्यटकीय स्थल राजारानी पोखरी सम्म मेलाको लोगो अंकित टिर्सट लगाएर पत्रकार,उद्योगी, व्यापारी, व्यावसायीहरु सम्मिलित मोटरर्साईकल र्‍याली गरिने भएको छ । राजारानीमा स्वागत तथा संस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने उद्योग संगठन मोरङ कार्यकारी सचिव सोमनाथ अधिकारीले बताए । उनले भने करिब एक सय वटा मोटरर्साईकलको र्‍याली गरिने छ । जस्ले मेलाको प्रचार र पर्यटकीय स्थलको परिचय समेत र्सार्वजनिक गर्नेछ ।
माओवादी अध्यक्ष प्रचण्डले मेलालाई हड्तालले प्रभावित नपार्ने बरु सहयोग गर्ने जनाएपछि स्टल बुकिङमा तिब्रता आएको थियो । मेला आयोजक समितिका संयोजक भीम घिमीरेका अनुसार मेलाको तयारी तिब्र रुपमा भइरहेको छ । स्टल निर्माण, विभिन्न स्थानमा स्वागत गेटहरुको निर्माण भइरहेको छ । मेलाको उद्घाटन संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले गर्ने भएका छन् ।
उद्योग र कृषिलाई जोड्ने मेलाको प्रमुख उद्येश्य रहेको आयोजकले बताएका छन् । मेलामा स्टलहरुको बुकिङमा आएको त्रि्रतालाई मिलाउन समेत हम्मे भएको संगठनका कार्यकारी सचिव सोम अधिकारीले बताए ।
भारत, बंगलादेश र चीनका कृषिर्यन्त्र प्रविधि, हस्तकला, औद्योगिक उत्पादन, अटो मोवाइल्स, जडिबुटी लगायतको पर््रदशनी दुइ लाख मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा लिइएको छ । मेलामा १५ करोड बराबरको कारोबारहुने अपेक्षा गरिएको छ ।
मेलाको सह आयोजकमा जिविस मोरङ, जिविस सुनसरी, विराटनगर उपमहानगरपालिका, कर्मसियल एग्रिकल्चर एलायन्स, क्षेत्रीय कृषि निर्देशानलय, क्षेत्रिय पशु सेवा निर्देशानलय रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको प्रवर्दक रहेका छन् ।

Sunday, January 10, 2010

घायल

'मलाई बिर्सिदेउ' निमेसमै भनिदियौ तिमीले ।
औंला भाच्दै दोषहरु गनिदियौ तिमीले ।

तिम्रो निर्णय आवेश हो या पूर्व निर्धारित ।
बुझ्नै नपाई मुटुमा सूल हानिदियौ तिमीले ।

मेरो अवस्थालाई कमजोरी ठानिदियौ तिमीले ।
सफाई दिनै नपाई विवसताको क्रसमा बाधिदियौ तिमीले ।

नसा भित्र ढुवाएर आफुलाई भुल्ने असफल प्रयास गर्दैछु ।
जिउने बहानामा पटक पटक मृत्यूवरणगर्न बाध्य पारिदियौ तिमीले ।

Saturday, January 9, 2010

तिमी अनि प्रकृति

सन्दकपुरमा उदाएको लाली चियाका बोटहरुमा पर्दा,
मलाई लाग्यो तिमी रातो घुम्टो ओढेर बसेकी छ्यौं ।

अम्लिसोका फुलहरु पवनसंग जिस्किरहदा,
मलाई लाग्यो तिमी केश फुकाएर चिहाउदै छ्यौ ।

माइखोलाको सुर्साईसंगै उठेको कुहिरोले इलाम बजार छोपिदा,
मलाई लाग्यो तिम्रो सेतो आँचलले मेरो मुहार छोपिएको छ ।

लाली गुराँशको रक्ताम्य जंगलमा कोइलीको भाका सुन्दा,
मलाई लाग्यो तिमी सुस्तरी सुस्तरी अधर चलाउदैछ्यौं ।

माइपोखरीको निलो पानीमा छेउ उभिएका सल्लो र कटुस देख्दा,
मलाई लाग्यो तिम्रो गगनरुपी नयनले एकाहोरो रहेछौ ।

Thursday, January 7, 2010

तिमी अचेल

गाउँ घरको चौतारीलाई शून्यपारी तिमी अचेल
साँझ पर्दा रेष्टुरामा धाँउछेउ रे तिमी अचेल ।।

सबैसंग पीरतीका गफगाफमा मस्त अचेल
डिस्को अनि वार तिर रम्छ्यौरे तिमी अचेल ।।

गाउँले भन्दा शहर जीवन कति राम्रो भन्छ्यौ रे
कहिले काँही 'टेन्समा'भन्दै पीउछेउ रे तिमी अचेल ।।

गाउँको याद आउदैन भन्छ्यौरे तिमी अचेल
रक्सवारमा नाईट लाईफ जिउछ्यौ रे तिमी अचेल ।।

Wednesday, January 6, 2010

पीडा

आघात प्रेम गर्दागर्दै छुट्टीनु पर्ने कस्तो पीडा ।
आरोप प्रत्यारोप मै खुट्टीनु पर्ने कस्तो पीडा ।

दोष अनि दोषारोपणमै सकियो मिलन ।
द्धेषमात्र लिएर फिर्नु पर्ने कस्तो पीडा ।

प्रेमलाई जीतहारको तराजुमा जोखेपछि ।
आँशु पिएर अतित सम्झनु कस्तो पीडा ।

सझदारीबाटै सम्बन्ध बलियो हुन्छ भन्नेहरु नै यहाँ ।
आशाका दीपहरु निभाउदै हिडेको देख्नुपर्दा कस्तो पीडा ।