
कृषि, पर्यटन तथा औद्योगिक प्रर्दशन मेला 'विराट एक्सपो २०१०' का निर्धारित स्टल भन्दा बढीको माग भएपछि थपिएको छ । माघ ५ देखी ११ सम्म आयोजना हुने मेलामा एक सय ६० स्टल निर्धारण गरिएको थियो । तर सवारी साधन र उद्योगले स्टलको माग बढाएपछि १४ वटा स्टल थप गरिएको छ ।
मेलाको काउन्ट डाउन सुरु भएपछि स्टल बुकिङमा तिरब्रता आएको छ । मंगलबार उद्योगले ४ र भेइकलले १० वटा बढी स्टलको माग गरेपछि संख्या बढेको हो । अहिले सम्म १ सय ५५ वटा स्टल बुक भएका छन भने गार्मेन्ट, हस्तकला, फ्लोरिकल्चर, एजुकेशन र आइटीका १९ स्टलमात्र बुक हुन बाकी रहेका छन् । मेलाको दुइदिन अघि ५० किलोमिटर उत्तरमा रहेको पर्यटकीय स्थल राजारानी पोखरी सम्म मेलाको लोगो अंकित टिर्सट लगाएर पत्रकार,उद्योगी, व्यापारी, व्यावसायीहरु सम्मिलित मोटरर्साईकल र्याली गरिने भएको छ । राजारानीमा स्वागत तथा संस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने उद्योग संगठन मोरङ कार्यकारी सचिव सोमनाथ अधिकारीले बताए । उनले भने करिब एक सय वटा मोटरर्साईकलको र्याली गरिने छ । जस्ले मेलाको प्रचार र पर्यटकीय स्थलको परिचय समेत र्सार्वजनिक गर्नेछ ।
माओवादी अध्यक्ष प्रचण्डले मेलालाई हड्तालले प्रभावित नपार्ने बरु सहयोग गर्ने जनाएपछि स्टल बुकिङमा तिब्रता आएको थियो । मेला आयोजक समितिका संयोजक भीम घिमीरेका अनुसार मेलाको तयारी तिब्र रुपमा भइरहेको छ । स्टल निर्माण, विभिन्न स्थानमा स्वागत गेटहरुको निर्माण भइरहेको छ । मेलाको उद्घाटन संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले गर्ने भएका छन् ।
उद्योग र कृषिलाई जोड्ने मेलाको प्रमुख उद्येश्य रहेको आयोजकले बताएका छन् । मेलामा स्टलहरुको बुकिङमा आएको त्रि्रतालाई मिलाउन समेत हम्मे भएको संगठनका कार्यकारी सचिव सोम अधिकारीले बताए ।
भारत, बंगलादेश र चीनका कृषिर्यन्त्र प्रविधि, हस्तकला, औद्योगिक उत्पादन, अटो मोवाइल्स, जडिबुटी लगायतको पर््रदशनी दुइ लाख मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा लिइएको छ । मेलामा १५ करोड बराबरको कारोबारहुने अपेक्षा गरिएको छ ।
मेलाको सह आयोजकमा जिविस मोरङ, जिविस सुनसरी, विराटनगर उपमहानगरपालिका, कर्मसियल एग्रिकल्चर एलायन्स, क्षेत्रीय कृषि निर्देशानलय, क्षेत्रिय पशु सेवा निर्देशानलय रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको प्रवर्दक रहेका छन् ।
No comments:
Post a Comment