Friday, February 5, 2010

संसार जीत्नेहरुको हो

मनभित्र पीडा बोकी, हाँस्न सिक तिमी पनि ।
मुटुमाथि ढुंगा राखी, बाँच्न सिक तिमी पनि ।

हाँसोमा मात्र होइन जीवन, आँशुमा पनि खोज्ने गर ।
मिलन मात्र होइन विछोडमा, बाँच्न सिक तिमी पनि ।

साथ दिन्छु भन्नेहरु, एक्लै छाडि गएपनि ।
निश्वार्थ एक्लै जीएर, देखाईदेउ तिमी पनि ।

सहज छ मृत्यू, बाँचेर देखाउ तिमी पनि ।
संसार जीत्नेहरुको हो, जीतेर देखाउ तिमी पनि ।

Monday, February 1, 2010

तिम्रा दफाहरु

प्रेमका धारा र दफाहरु नाघे हुँला मैले
अनि तिम्रा अदालतका नजिरहरु कुल्चे हुँला मैले।।

त्यसैले तिम्रो सामुन्ने आत्मर्सपण गर्दै छु म
तिम्रो प्रेममा गरेको कसुरको सजाय भोग्न ।।

तिम्रो फैसलाको प्रतिक्षामा ब्यग्र छु म
तिम्रो एकल इजालसको कठघरामा उभिएको छु ।।
आफुभित्र जलेर बाँच्नु भन्दा
पुनरावेदन गर्न उपयुक्त ठाने मैले ।।

मलाई बहस गर्नु छैन, न त कुनै दफाको ब्याख्या नै गर्नु छ ।।
बस म त तिम्रा मायाँको कारागारमा आजन्म कैद हुन चाहुन्छु ।