Tuesday, May 4, 2010
सृष्टि
म सृष्टिको सुन्दर संरचनालाई दोष दिन चाहन्न । किनकी सृष्टि जसले सबैलाई उत्तिकै स्नेह गर्छे र यस धर्तीमा त्यसको अस्थित्व निर्माण गरिदिन्छे । बस त्यहि एउटा सृष्टिको सहअस्थित्व म अहिले यस पृथ्वीको एउटा अत्यान्त सानो स्थान र भूमिकामा छु । थाहा छैन कुन दिन प्रकृतिलाई मेरो भूमिका मन पर्दैन त्यसपछि.......। हुन त मृत्यू स्वास्वत सत्य हो । अरु सब मिथ्य हुन । तर पनि मान्छे हरेक क्षण अहम भइदिन्छ । अनि प्रकृतिलाई नै चुनौति खडा गरिदिन्छ । त्यसबाट म पनि अछुत छैन । मान्छे हुनुको घमण्डले कहिलेकाहि मलाई पनि मेरो वास्तविकताबाट टाढा पुर्याइदिन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment