Sunday, May 23, 2010

पाए हुन्थ्यो

जीवनका ती पंतीहरु फेर्नपाए हुन्थ्यो ।
आँखाभरि सधै तिम्लाई हेर्नपाए हुन्थ्यो ।

मुटुभित्र तिम्रोलागि राजमहल सजाको छु ।
आलिंगनमा तिमीसितै छिर्न पाए हुन्थ्यो ।

तिम्रो अधरमेरा लागि अमृतको घडानै हो ।
जीवन भरि त्यसलाई पान गर्नपाए हुन्थ्यो ।

उन्मुक्त जवानीको छालहरु पहिल्याउदै ।
यौवनभित्र तिमीसंग'आसपास'खेल्नपाए हुन्थ्यो ।

1 comment:

  1. के हो मित्र !
    मुडमा बसेर लेखेजस्तो छ है । अब सम्हालिएकै राम्रो ।
    बहकिने बाटाहरु धेरै धेरै आउँछन्
    चिप्लिए पाइला वेदनाका गीत गाउँछन्
    मनै त हो जता लग्यो उतै जाने
    विराउनेहरु फिरिआउने मौका नै कहा पाउँछन् ।।

    ReplyDelete